Sagun Khabar
डडेल्धुराको प्रसिद्ध गंगेश्वर धाममा आज ‘गंगास्नान’मेला 

बैतडी –बैतडी र डडेल्धुराको सीमा क्षेत्रमा रहेको गंगेश्वर धाममा आज राति गंगा स्नान मेला लाग्ने भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका –६ सिमस्थित गंगेश्वर धाममा हरेक बर्ष आश्विन कृष्ण औंसीको राति गंगा स्नान मेला लाग्ने गरेको गंगेश्वर धामका मूल पूजारी प्रेमराज पन्तले बताए । 

बैतडी भएर बग्ने सुर्नया नदी र डोटेली नदीको संगममा रहेको गंगेश्वर धाममा आश्विन कृष्ण पक्षको राति र घटस्थापनाको दिन मेला लाग्ने गरेको पूजारी पन्तले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मेलामा अजयमेरु गाउँपालिकाको राजुलगाँउ, भण्डारीगाँउ, भागेश्वर गाउँपालिकाको  बोगटागाँउ र मेलौली नगरपालिकाको कोटीगाउँबाट देउरो जाने गर्दछ । 

गंगेश्वर धाममा बर्षको दुई पटक गंगा स्नान मेला लाग्ने गरेको पूजारी पन्तले बताए । असोज कृष्ण पक्षको औंसीको राति र पुस महिना अन्तिम दिन गंगा स्नान मेला लाग्ने गर्दछ । 

यस्तै गंगेश्वर धाममा मकर संक्रान्ति, बिसु संक्रान्ति र श्रीपञ्चमी दिन जात्रासहित पूजाआजा हुने गरेको पूजारी पन्तले बताए । गंगेश्वर धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update