Sagun Khabar
इजरायलमा बेपत्ता विपीन जोशीको खोजी कार्य गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड 

कैलाली –इजरायलमा बेपत्ता रहेका विद्यार्थी विपीन जोशीको खोजी कार्य भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका १ रीम घर भइ हाल कञ्चनपुरमा बस्दै आएका जोशी हमासको आक्रमणपछि इजरायलमा बेपत्ता रहेका छन् । 

कैलालीको चौमालास्थित गौरीगंगा नगरपालिकाको नवनिर्मित भवन उद्दघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बेपत्ता विपीनको खोजी कार्यलाई तीव्रता दिएको बताए । बेपत्ता जोशीको खोजीका लागि इजरायल र इजरायलसंग जोडिएका देशमा समेत खोजी भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यही असोज २० गते इजरायलमा हमास विद्रोहीको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही क्रममा बेपत्ता भएका जोशी अहिले सम्म सम्पर्कमा आएका छैनन् । 

विपीन बेपत्ता भएको एक हप्ताभन्दा बढी भइसक्दा समेत पत्ता नलागेपछि परिवारजन चिन्तामा डुबेका छन् । इजरायलमा जोशी बेपत्ता भएपछि उनको घरपविार समस्यामा परेको छ । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update