Sagun Khabar
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली-गोदावरी नगरपालिका–५ गेटा स्थित भित्री सडक खण्डमा से १ त  ७९४५ नम्बरको  ट्याक्टर आफै अनियन्त्रित भई नालीमा पल्टिएर शनिबार साँझ दुर्घटना भएको हो।

दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–८ का ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भिर घाईते भएका उनको मायामेट्रो अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

सोही ट्याक्टरमा सवार रहेका गोदावरी नगरपालिका–५ बरबटाका ३४ वर्षीय बख्खु बिक घाइते भएका छन्। घाइते बि.क.को पनि मायामेट्रो अस्पताल घनगढीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update