Sagun Khabar
गाडीको ठक्करबाट एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – गाडीको ठक्करबाट कैलालीकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–९ की ६१ वर्षीया मनादेबी रावतको गाडीको ठक्करबाट मृत्यु भएको हो । 

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा रावतलाई गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते भएकी रावतको उपचारको क्रममा बुधवार राति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने गाडीको नम्बर खुलेको छैन् । ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update