Sagun Khabar
नदीमा डुबेर दुई बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ का दीपक मल्लका ६ वर्षीय छोरा दिपसन मल्ल र सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षीय छोरा आयुष मल्लको बिहीवार साँझ नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

काँडा नदीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको बताइएको छ । दुवै जनाको शव नदीको पानी जमेको गहिरो भागमा फेला परेको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update