Sagun Khabar
कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति ९ बजेतिर गोदावरी नगरपालिका–६ खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल दुर्घटना हुँदा टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update