Sagun Khabar
सुदूरपश्चिममा अब क्युआरबाटै प्रहरीलाई गुनासो गर्न मिल्ने 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–सुदूरपश्चिममा अब क्युआरबाटै प्रहरीलाई गुनासो गर्न मिल्ने भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीले शुक्रबार गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको हो । 

अब प्रहरी सम्बन्धीका गुनासो क्युआरबाटै गर्न मिल्ने व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए ।

क्युआर कोडमार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम बनाएको उनले बताए । उजुरी पेटिकाले मात्र गुनासा व्यवस्थापन प्रभावकारी नभएकाले प्रविधिमार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न यस्तो सेवा शुरु गरिएको बोहराले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update