Sagun Khabar
कर्णालीका भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारको एक करोड सहयोग
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कर्णाली प्रदेशका भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारले एक करोड आर्थिक सहयोग गरेको छ । शनिवार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख प्रकट समेत गरेको छ । 

सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरि एक करोड रुपैयाँ र स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update