Sagun Khabar
धनगढीमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् । 

शनिबार राति धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा कुटपिट गर्ने खडक कुँवरसहितका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खसीको कारोबार गर्दै आएका उनीहरूले राजपुर चोकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update