Sagun Khabar
२ लाख बढीको सेक्स टोय र जेल बरामद
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –सोमबार राति भन्सार छलेर गरेर नेपाल भित्र्याउँदै गरेको करिब २ लाख ४० हजार रुपैयाँ बराबरको सेक्स टोय र जेल कैलाली प्रहरीले बरामद गरेको छ ।

सोमबार राति १० बजेको समयमा धनगढी उपमहानगरपालिका– १० बनकट्टिघाटबाट प्रनानी राजेन्द्र बमको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर गरी ल्याएको ४८ पिस सेक्स टोय र २८ पिस जेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । 

बरामद गरिएको सामानबारे प्रहरीले थप अनुसन्धानपछि कैलाली भन्सार कार्यालय पठाइने डिएसपी चन्दले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update