Sagun Khabar
सुर्खेतबाटै फर्कियो सुदूरपश्चिमको चिकित्सकसहितको टोली

कैलाली –जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोली सुर्खेतबाटै फर्किएको छ । तत्काल मेडिकल टिमको आवश्यकता नभएको भन्दै टोलीलाई फिर्ता पठाइएको हो । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डाक्टर शिवराज पनेरुको नेतृत्वमा डाक्टर गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशी र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

टोलीले साढे ३ लाख रुपैँया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । 

सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्काले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि आफूहरु फर्केको जोशीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update