Sagun Khabar
कैलालीका एकजना बाटोमै लुटिए 

कैलाली –भारतमा मजदुरी गरेर घर फर्किरहेका कैलालीका एक जना कामदार बाटोमै लुटिएका छन् । कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन् । 

कारगिलमा ६ महिना मजदुरी गरेर कमाएको  १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको उनले बताए । कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उनले बताए ।
हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पु¥याएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको थियो । 

सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले अलपत्र परेका नेपालीलाई घरसम्म पठाउने काम गर्दै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update