Sagun Khabar
प्रहरी थुनामा रहेका एक युवकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – कैलालीमा प्रहरी थुनामा रहेका एक युवकको मृत्यु भएको छ । प्रहरीको थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले बताए । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा उनी पक्राउ परेका थिए । 

बिहिवार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो । प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता चन्दले बताए । उनको मृत्युको कारण खुलेको छैन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update