Sagun Khabar
कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते 

कैलाली –कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे१ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ का ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका–४ का ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । चारै जनाको अवस्था मध्यम रहेको छ ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक मोहन्याल गाउँपालिका–४ का ५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update