Sagun Khabar
भारतीय बजार वनगाउँमा एक नेपाली युवक कुटिए 

कैलाली –सीमावर्ती भारतीय बजार वनगाउँमा एक नेपाली युवक कुटिएका छन् । 

२३ वर्षीय झलक कुँवर भारतीय सीमा बजार वनगाउँमा कुटिएका हुन् । नेपालको तुलनामा लुगा महंगो भयो भन्दा भारतीय व्यापारीले उनलाई कुटेको हो । किनमेलका लागि वनगाउँ पुगेका उनलाई कपडा पसल सञ्चालकले टाउकोमा हानेको पीडित कुँवरले बताए । आफूले लुगा किन्दा नेपालभन्दा महँगो भएको भनेपछि व्यापारीले आफूलाई आक्रमण गरेको उनको भनाइ छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

वनगाउँका सबै पसलका व्यापारी मिलेर आफूलाई कुटपिट गरेको उनले बताएका हुन् । भारतीय बजार वनगाउँमा पटक –पटक नेपाली कुटिने र लुटिने गरेका छन् ।

बजारमा मात्रै नभएर बाटोमा समेत भारतीय व्यापारीबाट कुटिने र लुटिने गरेका घटना सार्वजनिक हुँदै गएका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update