बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडी –बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ७ का ५० बर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन् ।
ऐरको शव मंगलबार बिहान फेला परेको हो ।उनी डिलाशैनी गाउँपालिका ७ स्थित सिद्धनाथ आधारभूत विद्यालयमा शिक्षक पदमा कार्यरत समेत रहेका थिए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८० ०९:३७
प्रतिक्रिया दिनुहोस्