Sagun Khabar
कैलालीमा क्लिनिक सञ्चालकका भाइले सुइ लगाउँदा एक बालकको मृत्यु, दाजु–भाइ पक्राउ 

कैलाली –कैलालीका गोदावरीमा क्लिनिक सञ्चालकका भाइले सुइ लगाउँदा एक बालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी–५ गेटाका ५ वर्षीय बालक सम्राट ऐरको मृत्यु भएको हो । बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न क्लिनिक सञ्चालक दाजु र भाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्लिनिकका सञ्चालक धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका दिनेश धामी र नविन धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दिप चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सञ्चालक दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएका थिए । ज्वरो आएका बालकलाई सुई लगाए लगत्तै अचेत भएका थिए । 

अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याउनुअघि नै बालकको मृत्यु भईसकेको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update