Sagun Khabar
कैलालीमा ३० बर्षीया युवतीमाथि बलात्कार, एक जना पक्राउ 

कैलाली –कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीलाई करणी गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ ६ बजेतिर जैसीले करणी गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो । पक्राउ परेका जैसीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update