Sagun Khabar
प्रदेश सांसद लक्ष्मी विकलाई सामाजिक सम्मान 

कैलाली –सुदूरपश्चिम प्रदेश सभाकी सदस्य लक्ष्मी विकलाई सामाजिक सम्मान दिइएको छ । अर्थशास्त्री, पूर्व अर्थमन्त्री तथा राजदूत डा.यादव प्रसाद पन्तको ९९ औँ जन्म जयन्तीको अवसरमा उनलाई सामाजिक सम्मान गरिएको हो । डा.यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले उनलाई अभिनन्दनसहित सम्मान गरेको छ ।

विद्यार्थी जीवनदेखि राजनीति सक्रिय रहेकी विक सामाजिक विभेद, असमानता, छुवाछुत लैगिक विभेद, अन्यायका विरुद्ध निरन्तर अवाज उठाउने हक्की स्वभाव भएकी व्यक्ति हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

२०५६ सालदेखि अनेरास्ववियु (छैठौं)को सदस्यता लिएकी उनी उक्त संगठनमा विभिन्न पद रहँदै सुदूरपश्चिम प्रदेशमा विद्यार्थी राजनीतिमा जिल्ला अध्यक्ष हुने पहिलो दलित महिला हुन् । 

मसाल निकट जनमोर्चा नेपालमा एक दशक लामो राजनीतिक जीवनमा पार्टी तथा जनवर्गीय संगठनहरूका विभिन्न जिम्मेवारी रही २०६६ सालमा पार्टी एकताबाट नेकपा माओवादी केन्द्रबाट राजनीतिमा रहेकी युवा नेतृ विक हाल पार्टीको केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update