Sagun Khabar
धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर–६ मट्यारीमा अन्दाजी ३२÷३३ वर्षीया महिलाको शव फेला परेका हो । 

शौचका लागि झाडीमा जाने क्रममा विद्यार्थीहरुले महिलाको शव देखेको वडा अध्यक्ष भागीराम चौधरीले बताए । 

महिलाको शव कुहेर कीरा परेको अवस्थामा फेला परेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update