Sagun Khabar
सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृति दिने 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको उच्च शिक्षा महाशाखाका अनुसार चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०÷८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने छन् । 

खुला ५, महिला १, दलित १, थारु तथा राना थारु १ र आर्थिक रुपले बिपन्न खसआर्यतर्फ १ जनालाई छात्रवृत्ति दिइने प्रदेश सरकारले जनाएको छ । इच्छुक विद्यार्थीहरुले कागजातसहित  मंसिर २० गतेत्रि आवेदन दिन सक्नेछन् । 

आवेदन साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कक्षा १० र १२ को ट्रान्सक्रिप्ट ग्रेडसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि,कक्षा ८, १० र १२ अध्ययन गरेको विद्यालयको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद महाशाखा, शाखाको सिफारिस पत्र पेश गर्नुपर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update