Sagun Khabar
अनलाइनबाट ठगी गर्ने ९ जना कैलालीबाट पक्राउ 

कैलाली –अनलाइनबाट ठगी गरेको आरोपमा विभिन्न ठाउँका ९ जनाको समूहलाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी अन्तरगत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र दिपेन्द्र किमाडी तथा जिल्ला प्रहरी कार्यालय कैलालीसहितको संयुक्त टोलीले सो गिरोहलाई पक्राउ गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी उपमहानगरपालिका– ५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनारले अवैध रुपमा सञ्चालन गरेको आईटी सेन्टरबाट सुनारसहित ९जनालाई पक्राउ गरिएको जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । 

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ बर्षीय अमित कुमार , भारतको उत्तमनगर दिल्ली बस्ने २६ बर्षीय कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार रहेका छन् । 

यस्तै भारतको दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु, कञ्चनपुरको पुर्नवास नगरपालिका–६ बस्ने २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका–२ बस्ने ३० बर्षीय विशाल सुनार, २८ बर्षीय कमल सुनार र २२ वर्षीय जयराम सुनार पनि पक्राउ परेका डीएसपी चन्दले बताए ।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घटना लगायत बिषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाईनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । 

यस्तै यो ठगी धन्दाका मुख्य नाइके बेल्डाडीका सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ पनि बरामद भएको बुझिएको छ । बरामद गरिएका सबै नोट भारतीय रहेको र पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update