Sagun Khabar
बैतडी–दार्चुला जोड्ने कर्कले पुल भासियो, दुर्घटनाको जोखिम 

बैतडी –बैतडी–दार्चुला जोड्ने कर्कले पुल भासिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका –३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका –रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रीज भासिएको हो । 

सो पुलको दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँमा पुरै जमीन भासिएको सवारी चालकहरुले बताएका छन् । पुलको मुख्य पिलर तलतिरको जमीन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । 

Atrya hospital

पुलबाट दैनिक सैयौं साना तथा ठूला सवारी साधन आवतजावत भइरहेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् । 

सो पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गण्न्ना लगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत आयोजना, बिटुले, मार्मा, अपिहिमालको मकिरागाड सम्म आवतजावत गर्ने सवारी साधन यसै पुल भएर गुड्ने गरेका छन् । पुलको तलतिरको जमीन भासिएकाले दुर्घटनाको जोखिम बढेको हो । पुलको समयमै मर्मत सम्भार नभएमा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने बताइएको छ । 

पुलको तलतिरको जमीन भासिएको खबर आएको र उक्त पुलको स्थलगत अध्ययनका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । प्रहरीको टोली पुगेपछि यो बिषयमा थप जानकारी हुने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update