Sagun Khabar
सुदूरपश्चिममा हुने विकास सम्मेलनका लागि प्रधानमन्त्रीलाई निम्तो

कैलाली –सुदूरपश्चिम प्रदेशमा हुने लगानी एवं विकास सम्मेलनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको छ । आगामी फागुन २३ र २४ गते हुन लागेको लगानी एवं विकास सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई निमन्त्रणा गरिएको छ ।

सातै प्रदेश मध्ये सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको आयोजना गर्न लागेको हो । सुदूरपश्चिम प्रदेशमा लगानी प्रवद्र्धन तथा विकासका लागि सहकार्य गर्ने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

निजी क्षेत्रको लगानी, उत्पादन, पूर्वाधार निर्माण र रोजगारी अभिवृद्धि गर्न प्रदेश सरकारले पहिलो पटक लगानी एवं विकास सम्मेलन गर्न लागिएको उनले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायतले प्रधानमन्त्री दाहाललाई भेटेर लगानी एवं विकास सम्मेलनको लागि संघीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेको बताएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, सभामुख भण्डारी सहित संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउद प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाही, सामाजिक विकासमन्त्री झपट साउदसहित माओवादी संसदीय दलका नेता खगराज भट्ट माओवादी सांसद ओम विक्रम भाट सरल र लक्ष्मी बिक थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update