Sagun Khabar
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामग्री बरामद 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामग्री बरामद गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ मा अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २६ हजार २ सय मूल्य बराबरको चिनी, सलाई, जुत्ती लगायतका सामान बरामद गरिएको हो । प्रहरी गस्ती टोलीले ती सामग्रीहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार स्थित गुम्बा नजिकैबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी २० हजार मूल्य  बराबरको सवारी साधनमा प्रयोग गरिने ईन्जिन आयल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञचनपुरले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update