Sagun Khabar
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा मोटरसाइकल दुर्घटना हुदा सोमवार एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो । 

उक्त दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१३ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सार्कीलाई सेती प्रादेशिक अस्पतालमा पुर्याउँदा मृत चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटनामा एक जना घाइते भएका छन् । धनगढी १३ कै ३९ वर्षीय तेजबहादुर सार्की घाइते भएका र उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update