Sagun Khabar
कैलालीको गोदावरीबाट पासोमा परेको घाइते चितुवाको उद्धार
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली- कैलालीको गोदावरीबाट पासोमा परेको घाइते चितुवाको उद्धार गरिएको छ ।

मंगलवार साँझ गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो । कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडालले बताए ।

उनले पासोबाट उद्धार गरी ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको जानकारी दिए । चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएका थिए । वनमा पासो कसले थापेको भन्ने बारे नखुलेको कडालले बताए ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update