Sagun Khabar
सुदूरपश्चिमकी उसु खेलाडी निता खड्काको सवारी दुर्घटनामा मृत्यु

कैलाली –सुदूरपश्चिमकी उसु खेलाडी निता खड्काको सवारी दुर्घटनामा मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्काको आज मृत्यु भएको हो । 

मकवानपुरको हेटौँडामा सम्पन्न प्रथम अन्तरप्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूरपश्चिमका उसु खेलाडीहरुको गाडीलाई आज बिहान ट्रकले ठक्कर दिएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिमस्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त गाडीमा नितासँगै ११ जना सवार थिए । अन्य खेलाडी घाइते भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update