Sagun Khabar
स्वास्थ्य मन्त्री बस्नेतले गरे गेटा अस्पतालको अनुगमन 

कैलाली –कैलालीको गेटामा निर्माणाधीन भवनहरुको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले अनुगमन गरेका छन् ।

गेटामा रहेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको मन्त्री बस्नेतले अनुगमन गरेका हुन् । आइतबार विहान अनुगमन गर्दै मन्त्री वस्नेतले गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन आवश्यक रहेको बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

मेडिकल शिक्षा सञ्चालन भएमा सुदूरपश्चिममै दक्ष जनशक्ति उत्पादन हुने मन्त्री बस्नेतले दाबी गरे । यो क्षेत्रमा उत्पादन भएको दक्ष जनशक्तिले नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने उनले बताए । 

अस्पताल अनुगमनका क्रममा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले पछिल्लो प्रगतिको बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update