Sagun Khabar
पिएम कप क्रिकेट छनौट : बैतडीको दोस्रो जित,अछाम ९८ रनले पराजित

बैतडी –प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपमा बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ । 

पहिलो खेलमा बझाङलाई १८१ रनले पराजित गरेको बैतडीले दोस्रो जित दर्ता गर्ने क्रममा  मंगलबार अछाममाथि ९८ रनको विशाल जित दर्ता गर्याे ।

स्वास्थ्य सन्देश
Atrya hospital

निर्धारित ५० ओभरको खेल रहेकोमा बिहान हुस्सुका कारण ४० ओभरमा झारिएको थियो ।  

जितका लागि पाएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा अछाम २८.५ ओभरमा ११५ रनमा अलआउट भयो । उसका महाजन कुँवरले सर्वाधिक २४ रन हिर्काए । बैतडीका लागि गजेन्द्र बोहराले ३,भुपेन्द्र चन्द,ऋषिकेश बोहरा,वसन्त खत्रीले समान दुई दुई विकेट लिए । 

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३८.५ ओभरमा २१३ रनमा समेटियो । जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै ५२ रनको योगदान गरे । 

यस्तै खडक बोहराले ३४,वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२, ऋषिकेश बोहराले १६ रन बनाए । अछामका रोहित खड्का र अभिषेक चौधरीले ३÷३ विकेट झारे । 

बैतडीका नरेन भट्ट म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले बताए । 

प्रतियोगिता अन्तरगत भोलि अछाम र कञ्चनपुर भिड्नेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि  शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट गरिररहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update