Sagun Khabar
राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट काँग्रेसले ८२ जना र माओवादीले २१ जनाको नाम पठायो 

कैलाली – आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको छ । 

दुवै दलले आ–आफ्ना केन्द्रीय समितिमा आकांक्षी उम्मेदवारहरुको नाम पठाएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली कांग्रेसले ८२ जनाको सिफारिश गरेर केन्द्रमा पठाएको छ । जिल्ला तहबाट सिफारिश भएर आएका नामलाई जस्ताको त्यस्तै प्रदेश कार्यसमितिले केन्द्रमा पठाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ । 

यस्तै नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि २१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइका अनुसार खुलातर्फ ९ तथा अपाङ्गता र महिलाबाट ६÷६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो । 

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका कैलालीका हरिराम चौधरी उत्सव  र डडेल्धुराका महेश महरा तथा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी कञ्चनपुरकी इन्दु कडरियाको पदावधि सकिन लागेको हो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update