Sagun Khabar
धनगढीको ६ लेन सडकमा साइकल लेन सञ्चालन

कैलाली –धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो ।

साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

साइकल लेनको उद्घाटन कार्यक्रमपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन् ।

धनगढी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेर ६ लेन सडकखण्डमा साइकल लेन निर्माण गरेको थियो । 
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update