Sagun Khabar
सुदूरपश्चिममा एमालेले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

कैलाली –नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनका अनुसार अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेश कमिटीले जिल्लाबाट आएका आकांक्षीहरुका नाम मध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटिले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुंगो लगाएको हो । राष्ट्रियसभा सदस्यमा निर्वाचित सुदूरपश्चिम प्रदेशका तीन जनाको कार्यकाल अगामी २० फागुनमा सकिदैछ ।

माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सोमबार मनोनयनको समय तोकिएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update