Sagun Khabar
कैलालीमा एक लाख बढीका भन्सार छलीका सामग्री बरामद, एक युवक पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा एक लाख बढीका सामग्रीसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरीलाई भन्सार छलीका सामग्रीसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरका विभिन्न सामग्री बरामद गरिएको प्रहरीले बताए । 

चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाईकल १ थानसहित चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update