Sagun Khabar
सुदूरपश्चिम प्रदेशसभा : चार समितिका सभापतिले लिए शपथ

कैलाली –सुदूरपश्चिम प्रदेशसभाका ४ समितिका सभापति बुधवार निर्विरोध रूपमा निर्वाचित भएका छन् । उनीहरु चारैजनाले पदको शपथग्रहण समेत गरेका छन् । 

प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमबीच चारैजना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकास समितिमा माया पन्त निर्विरोध चयन भएका छन् । 

निर्वाचित सभापतिमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा एमाले, चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य हुन् । 

उनीहरूले मंगलवार सभापतिमा मनोनयन गरेका थिए । नेकपा माओवादी केन्द्रले भने प्रदेशसभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update