Sagun Khabar
कैलालीको पितपारी नजिक मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु 

कैलाली – कैलालीको कर्णाली चिसापानीमा पर्ने पितपारी नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। 

अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ घरतर्फ जाँदै गरेका दम्पती चढेको मोटरसाइकल कुइने–कर्णाली चिसापानी सडक खण्डअन्तर्गत पितपारी नजिक दुर्घटना भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षका खगेन्द्रप्रसाद ढकाल र उनकी श्रीमती ३४ वर्षकी महेश्वरी तिमिल्सिना ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।

सडकबाट झण्डै ३ सय मिटर तल नदी किनारमा मोटरसाइकल खसेको बताइएको छ । बुधबार राति आठ बजेतिर नदी किनारमा उज्यालो देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । 

गम्भीर घाइते भएका दुवैजनालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update