Sagun Khabar
अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा राई चयन 

कैलाली – नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन् । 

धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजक समेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी गठन गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

कमिटिको उपाध्यक्षमा इन्द्र बोहरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् । 

सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद चयन भएका छन् भने कोषाध्यक्षमा जेबी कुँवर चयन भएका अनेरास्ववियुले जनाएको छ । 

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समीक बडालले बुधवार अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update