Sagun Khabar
काँग्रेसबाट निर्वाचित मेयरले  प्रशासनिक भवन  पुनः उद्घाटन गर्न थालेपछि ---
स्वास्थ्य सन्देश
Atrya hospital

 कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन गर्ने तयारी भएपछि त्यहाँ तनाव सिर्जना भएको छ। एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीवार उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो।

प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको छ।

एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिएको छ। नेकपा एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन्। त्यहाँ लफडा हुनसक्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update