Sagun Khabar
बैतडीको  मेलौलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, मणिलेक माविले जित्यो उपाधी 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको  मेलौलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको  छ । मंगलबार बाट जारी प्रतियोगिा आज सम्पन्न भएको  हो ।

मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको  सभाध्यक्षता तथा  पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिलेक माविले जितेको छ। १८ स्वर्ण, ८ रजत, २ कास्य पदक र ५० हजार सहित मणिलेक मावि काँडाले उपाधी जितेको  हो । यसैगरी बिशालपुर माबि उप विजेता बनेको छ।

६ स्वर्ण, ९ रजत, ७ कास्य पदक र ३० हजार सहित बिशालपुर माबि मेलौली–९ उपबिजेता बनेको मेलौली नगरपालिकाले जनाएको  छ । प्रतियोगितामा  कमलपुर माबि मेलौली ८ कोटिगाँउले तस्रो स्थान प्राप्त गरेको छ। तेस्रो स्थान प्राप्त गरेको कमलपुर माविलाई २ स्वर्ण, २ कास्य पदक र २० हजार प्रदान गरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update