Sagun Khabar
दार्चुलामा ड्युटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-  दार्चुलामा ड्युटीमा खटिएका प्रहरीमाथि एक युवकले चक्कु प्रहार गरेका छन्। महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आईतबार दिउँसो ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए। उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदिले प्रहरीमा निबेदन दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालयमा निबेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको प्रहरीले बताएको छ। चक्कु प्रहार गरेर कुवर फरार भएका छन्। उनको खोजीका लागि प्रहरी टोलि परिचालन गरिएको छ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update