Sagun Khabar
सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन,भट्टलाईं हटाएर धामीलाई जिम्मेवारी
स्वास्थ्य सन्देश
Atrya hospital

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ।  आज  शुक्रवार  बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो।
 यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर दार्चुलाबाट निर्वाचित   मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिए। 

उनी सुदूरपश्चिमको पूर्व वनमन्त्री समेत हुन्। सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update