Sagun Khabar
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन रोक लगाउने तयारी
स्वास्थ्य सन्देश
Atrya hospital

फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउने भएको छ ।सामाजिक सञ्जालमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउन छिट्टै 'सेफ्टी टुल' ल्याउन लागेको मेटाले जनाएको छ । इनक्रिप्टेड च्याटमा पनि यो लागू हुनेछ । यो टुल वैकल्पिक हुनसक्छ र फेसबुकमा वयस्कहरूका लागि पनि उपलब्ध हुनसक्छ ।

मेटाले इनक्रिप्ट म्यासेन्जरलाई डिफल्टमा राखेको थियो । कम्पनीको यो निर्णयको निकै आलोचना भएको थियो । इनक्रिप्सनका कारण बालबालिकामाथि हुने दुर्व्यवहारको घटना पत्ता लगाउन नसकेको मेटाको भनाइ थियो । 

महिला र १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहारबाट बचाउन यो फिचर ल्याएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update