Sagun Khabar
प्रदेश सभा सचिवालयद्वारा सरकारलाई माओवादी दलको नेता फेरिएको जानकारी

कैलाली –सुदूरपश्चिम प्रदेश सभा सचिवालयले माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई गराएको छ ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका हुन् । उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

शुक्रवार भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यले निर्णयमा हस्ताक्षर गरेका थिए । ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एक जना सभामुख छन् । 

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका थिए । उक्त बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकीदेवी कुँवर भने उपस्थित थिएनन् । 

माओवादीबाट निर्वाचित बहुमत प्रदेश सभा सदस्यहरुले प्रदेशसभामा दलको नेता हेरफेर गर्ने निर्णय बुझाएका थिए । तर माओवादी केन्द्र सुदूरपश्चिमले भने यो निर्णय फिर्ता लिन आग्रह गरिसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update