Sagun Khabar
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –सुदूरपश्चिमका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

सामाजिक विकास मन्त्री झपट साउद विरुद्ध कैलाली प्रहरीमा उजुरी परेको हो । बझाङको बुँगल नगरपालिका–१ का धनबहादुर बोहराले सामाजिक विकास मन्त्री साउद विरुद्ध उजुरी दिएका हुन् ।
आफूले सापटी दिएको पैसा माग्दा मन्त्री साउदले ज्यान मार्ने धम्की दिएको र आफ्नो जीउज्यानको सुरक्षाको माग गर्दै बोहराले उजुरी दिएका हुन् । 

धनबहादुरले दिएको उजुरी सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले मन्त्री विरुद्ध उजुरी आएको बताए । 
तर सामाजिक विकास मन्त्री साउदले भने आफ्नो कुनै लेनदेन नभएको बताए ।
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update