Sagun Khabar
बैतडीका सार्वजनिक स्थानमा धूम्रपान गरे कारबाही  
Atrya hospital

बैतडी- बैतडी प्रहरीले सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई  कारबाही गर्ने भएको   छ ।  लागुऔषध विरुद्धको  महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरेर कसैले सार्वजनिक ठाउँमा धूम्रपान गरेको पाएमा  प्रहरीले कारबाही गर्ने  भएको  हो ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको  बैठकले  जिल्लाका सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक  खेमविक्रम केसीले  जानकारी दिए । सार्वजनिक स्थानमा धूम्रपान निषेधकालागि  प्रचारप्रसार अभियान सञ्चालन भएको समेत उनले बताए । २६ गतेबाट  जिल्लामा प्रचारप्रसारको अभियान शुभारम्भ  भएको बताइएको छ ।

 सो अभियान फागुन ११  गते  सम्म सञ्चालन हुने छ । कसैलाई सार्वजनिक स्थानमा  धूम्रपान गरेको  देखेमा  प्रचलित कानून बमोजिम कारबाही गरिने  प्रहरी प्रवक्ता केसीले  बताए । लागु औषध नियन्त्रण तथा रोकथाम जिल्ला सञ्जाल समन्वय समितिको  बैठकले लागु औषध नियन्त्रण तथा रोकथाम गर्ने निर्णय गरेको  हो । सार्वजनिक स्थानमा  धूम्रपान निषेध गर्नका लागि प्रहरी कार्यालय, मातहतका चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ समेत गरिने  बताइएको  छ ।  

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update