Sagun Khabar
बैतडीको सुर्नया घर भएका तेक्वान्दो खेलाडी प्रकाश कोरियामा हुने तालिमका लागि छनोट

बैतडी- बैतडी घर भएका तेक्वान्दो खेलाडी प्रकाश कोरियामा हुने तालिमका लागि छनोट  भएका छन् । जिल्लाको  सुर्नया गाउँपालिका वडा नं ४ पालिगडा घर भएका तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रकाश साउद दक्षिण कोरियामा हुने  १० दिने  तालिमका लागि छनोट भएका हुन् । कोरियाको छुङजू एसआइमा टक्कीकोन कोरिया एसओसिएशनको आयोजनामा हुने तालिममा उनि कोरिया जान लागेका हुन् ।

तेक्वान्दो खेलका प्रशिक्षक समेत रहेका प्रकाश काठमाण्डौँको थानकोटमा रहेको चन्द्रागिरी तेक्वान्दो क्लवमा आवद्ध छन् । चन्द्रागिरी तेक्वान्दो क्लवले  प्रत्येक वर्ष तालिमका लागि कोरिया पठाउने गरेको क्लवका सञ्चालक  सुरेश रुम्बाले बताए । यो वर्ष तालिमका लागि प्रकाश लगायत क्लवबाट १० जना छनोट भएका उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

कोरियामा फेबरुरी २० तारिख बाट २९ सम्म तालिम सञ्चालन हुने बताइएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा  तेक्वान्दो खेलिसकेका प्रकाश बल्याक बेल्ट सेमत हुन् । उनले  २०२१ मा भारतमा भएको १९ वर्ष  मुनिको ५७ किलो क्याटागोरीको तेक्वान्दो प्रतियोगितामा गोल्डमेडल प्राप्त गरेका थिए । तेक्वान्दो खेलाडि प्रकाश खेल संगै काठमाणडौँमा इन्जिनियरिङपनि पढ्दै छन् ।

कोरियामा हुने  तालिममा जानका लागि सबै  तयारी पुरा भएको समेत प्रकाशले बताए । तालिम लिने  अवसर  पाउँदा खुसि लागेको   पनि उनको  भनाई  छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update