Sagun Khabar
मौसममा बदली, बैतडीसहित सुदूर पहाडका उच्च क्षेत्रमा हिमपात 
फोटो :बझाङको बित्थडचीर क्षेत्रमा भएको हिमपात, तस्बिर: मुरलीधर अवस्थीको फेसबुकबाट

बैतडी –मौसममा बदली भएसंगै बैतडीसहित सुदूर पहाडका उच्च क्षेत्रमा हिमपात भएको छ । बिहीबार उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । 

बैतडीको खोड्पे, श्रीभावर लगायतका उच्च क्षेत्रमा हिमपात भएको खोड्पेका स्थानीय सन्तोष राईले बताए । गएको तीनदिनदेखि मौसममा बदली आएको र आज हिमपात भएको उनले बताए । 

Atrya hospital

यस्तै श्रीभावर, ढोल्यामोड,गर्जे लगायतका उच्च क्षेत्रमा हिमपात भएको सिगास गाउँपालिका ९ की लक्ष्मी शाह चन्दले बताइन् । 

यसैगरी बझाङको बित्थडचीर लगायत लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको छ । बित्थडचीरमा आज दिउँसो हिमपात भएको शिक्षक मुरलीधर अवस्थीले बताए । 

दार्चुलाका उच्च लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । 

हिमपात भएसंगै उच्च क्षेत्रहरुमा चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको स्थानीयहरुको भनाइ छ । यो बर्ष हिउँदमा खासै बर्षा र हिमपात भएको थिएन् । हिउँद सकिनै लाग्दा बर्षा र हिमपात भएको हो । 
यो बर्षा र हिमपातले बालीनालीलाई भने केही फाइदा पुग्ने किसानहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update