Sagun Khabar
सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्षबहादुर रोका 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्षबहादुर रोकालाई खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो । 

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत कार्यरत रहेका रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो । 

Atrya hospital

सुर्नया गाउँपालिका गएको पुस १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएपछि गाउँपालिका हाकिम विहिन भएको थियो । 

नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृत केही दिनभित्रै गाउँपालिकामा हाजिर हुने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएपछि रोकिएका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु हुने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update