
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ४ मा चार ठाउँमा दादुरा –रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।
बिहीबार खोप अभियानका बिषयमा वडास्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरुसंग गरिएको छलफलमा यो जानकारी दिइएको हो ।
पाटन नगरपालिकामा फागुन १६ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । पाटन नगरपालिका वडा नं ४ मा फागुन १६ गते कुँडी प्रसुती केन्द्रमा, फागुन १७ गते चिल्लेपानी प्रसुती केन्द्रमा, फागुन १८ गते जेउडे खोप केन्द्र र फगुन १९ गते भुमेश्वर स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन हुने भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले जानकारी दिए ।
दादुरा–रुबेला खोप अभियानालाई प्रभावकारी बनाउनका लागि आयोजना गरिएको अन्तरक्रियामा पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।