Sagun Khabar
कर्णाली नदीमा हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार दिउँसो चिसापानीका एक युवक बेपत्ता भएका छन् ।

लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिए पनि फेला नपरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टले बताए । 

प्रहरीका अनुसार १७ जनाले पुलबाट हाम फालेका थिए । उनीहरुले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन । पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एक छिन फोटो खिच्छौं भनेर गएका र फटाफट पुलमाथिबाट हाम फालेका प्रहरी उपरीक्षक विष्टले बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update